सरकारले पार्टी फुटाउन अध्यादेश ल्याउन खोजेको विपक्षीको आरोप, राष्ट्रपति प्रधानमन्त्री र सभामुखलाई ध्यानाकर्षण पत्र बुझाइने

Thankot Times

थानकोट ।

विपक्षी दलहरुले राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री केपी शर्मा ओली र सभामुख देवराज घिमिरेलाई ध्यानाकर्षण गराउने भएका छन् ।

सरकारले दल विभाजनसम्बन्धि अध्यादेश ल्याएर साना दललाई विभाजन गर्ने आशंका भएको भन्दै दलहरुले ध्यानाकर्षणपत्र बुझाउने भएका हुन् ।

माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बोलाएको विपक्षी दलको बैठकले माओवादी केन्द्रका सांसद शक्ति बस्नेत, राष्ट्रिय स्वतन्त्र पार्टीका शिशिर खनाल र एकीकृत समाजवादीबाट राजेन्द्र पाण्डे सम्मिलित कार्यदल गठन गरेको छ ।

कात्तिक ५ गते सरकार, राष्ट्रपति र सभामुखलाई ध्यानाकर्षण गराउने रास्वपा सांसद शिशिर खनालले जानकारी दिए ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *