सुनको मूल्य तोलामा २ हजार रुपैयाँले बढ्दा नयाँ कीर्तिमान कायम
थानकोट।
नेपाली बजारमा सुनको मूल्य बढ्ने क्रम जारी छ ।
शुक्रबार नेपाली बजारमा सुनको मूल्य तोलामा २ हजार रुपैयाँले बढेको हो ।
हिजो बिहीबार प्रतितोला १ लाख ६२ हजार ४ सय रुपैयाँमा कारोबार भएको सुन आज शुक्रबार १ लाख ६४ हजार ४ सय रुपैयाँ पुगेको हो ।
नेपाली बजारमा आज शुक्रबार चाँदीको भाउ पनि बढेको छ ।
आज शुक्रबार चाँदी प्रतितोला १ सय ९८० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।