कुलेखानी-फाखेल र सिस्नेरी-दक्षिणकाली सडक आजदेखि ३ दिन बन्द हुने

Thankot Times

थानकोट ।

मकवानपुरको कुलेखानी-फाखेल र सिस्नेरी–दक्षिणकाली सडक तीन दिन बन्द हुने भएको छ ।

इन्द्रसरोवर गाउँपालिका-२ सिमखोलामा ह्युम पाइप राख्नुपरेकाले आज शुक्रबारदेखि तीन दिनसम्म दुवै सडक बन्द हुने प्रहरी नायब उपरीक्षक श्याम अर्यालले जानकारी दिए ।

दुवै सडकको वैकल्पिक मार्ग हेटौंडा-भैँसे-पालुङ-काठमाडौँ र कान्तिलोकपथ-हेटौँडा-ठिंगन-काठमाडौं प्रयोग गर्न पनि मकवानपुर प्रहरीले अनुरोध गरेको छ ।

फाइल फोटोः आशबहादुर भ्लोन


Leave a Reply

Your email address will not be published. Required fields are marked *