मनकामना केबलकार आजदेखि पुनः नियमित सञ्चालनमा

Thankot Times

थानकोट ।

मनकामना केबलकार आजबाट नियमित सञ्चालनमा आएको छ ।

मनकामना दर्शन प्रालिका अनुसार मर्मत सम्भारका लागि असोज २९गते देखि कार्तिक १ गतेसम्म तीन दिन बन्द गरिएको केबलकार शुक्रबारदेखि नियमित सञ्चालनमा आएको हो ।

उक्त अवधिभर मर्मत सम्भारका साथै केबलकारको मुख्या लठ्ठा छोट्याउने काम भएको कम्पनीले जनाएको छ ।

गोरखाको सहिद लखन गाउँपालिकास्थित प्रसिद्ध धार्मिकस्थल मनकामना मन्दिर जाने दर्शनार्थीलाई सहजताका लागि वि.सं २०५५ मङ्सिर ८ गतेदेखि मनकामना केबलकार सञ्चालनमा ल्याइएको हो ।

केबलकारको प्रवेशद्वार बटम स्टेशन भने चितवनको  इच्छकामना गाउँपालिका ४ चेरेसमा रहेको छ ।

देशकै पहिलो केबलकार प्रयोग गरि वर्षेनी लाखाैं स्वदेशी तथा विदेशीहरू मनकामना मन्दिर क्षेत्रसम्म पुग्ने गरेका छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *