साफ वुमन्स च्याम्पियनसिपस-२०२४ः नेपालले आज भुटानसँग प्रतिस्पर्धा गर्ने

Thankot Times

थानकोट ।

साफ वुमन्स च्याम्पियनसिप-२०२४ अन्तर्गत आज दोश्रो दिनका खेल हुँदैछन् ।

दिनको पहिलो खेलमा समूह बी को पहिलो खेलमा श्रीलंका र माल्दिभ्सबीच प्रतिस्पर्धा हुनेछ । यो खेल दिउँसो १ बजे सुरु हुनेछ ।

दिनको दोश्रो तथा अन्तिम खेलमा घरेलु टोली नेपाल र भुटान भिड्दैछन् ।

खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा साँझ साढे ५ बजे सुरु हुनेछ । नेपालकी मुख्य स्ट्राइकर सावित्रा भण्डारी ‘साम्बा’ यो खेलमा देखिने छैनन् ।

यसअघि नेपाल र भुटानबीच चार खेल भएका छन जसमा सबै खेलमा नेपालले जित हात पारेको छ ।

यसअघि बिहीबार सम्पन्न प्रतियोगिताको पहिलो खेलमा भारतले पाकिस्तानमाथि ५-२ को सहज जित हात पारेको थियो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *