आज र भोलि पाँच वर्ष मुनिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधी खुवाइँदै

Thankot Times

थानकोट ।

सरकारले आज कात्तिक २ गते र भोलि ३ गते मुलुकभरका बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल र जुकाको औषधी खुवाउने भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कात्तिक २ र ३ गते देशभरका बालबालिकालाई लक्षित गरी जुकाको औषधी र भिटामिन ‘ए’ क्याप्सुल खुवाउन लागिएको जानकारी दिएको हो ।

मन्त्रालयका अनुसार छ महिनादेखि पाँच वर्ष मुनिका बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल र एक वर्षदेखि पाँच वर्ष मुनिका बालबालिकालाई जुकाको औषधी खुवाउन लागिएको हो ।

साथै, मन्त्रालयले पाँच वर्ष मुनिका बालबालिकाले १५ महिनासम्म लगाउनुपर्ने कुनै नियमित खोप लगाउन छुटेको भए नजिकैको स्वास्थ्य संस्थामा गएर खोप लगाउन आग्रह गरेको छ ।

चन्द्रागिरि नगरका सबै स्वास्थ्य चाैकी तथा शहरी स्वास्थ्य संस्थामा तथा महिला स्वास्थ्य स्वयंसेवीकाहरूले भिटामिन ‘ए’ क्याप्सुल र जुकाको औषधी खुवाउने छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ