टी-ट्वान्टी आई सिरिजः नेपाल र अमेरिकाबीच खेल जारी, नेपाल पहिले ब्याटिङमा

Thankot Times

थानकोट ।

नेपाल र अमेरिकाबीच हुने ३ खेलको टि ट्वान्टी आई सिरिजको पहिलो खेलमा अहिले भइरहेको छ ।

अमेरिकाको डालसमा घरेलु टोलीका कप्तान मोनांक पटेलले टस जितेर बलिङ रोजेपछि नेपालले पहिले ब्याटिङ गरिरहेको छ ।

नेपालले अमेरिकासँग ३ खेलको टि ट्वान्टी आई सिरिज खेलेपछि लिग टु अन्तर्गतको ओडिआई सिरिज खेल्नेछ । त्रिकोणात्मक ओडिआई सिरिजमा नेपालसँगै अमेरिका र स्कटल्यान्ड सहभागी रहने छन् । क्यानडामा भएको लिग टू अन्तर्गतको त्रिकोणात्मक सिरिज र त्यसपछि भएको टि ट्वान्टी आई सिरिजको खराब प्रदर्शनलाई सुधार गर्दै अमेरिका भ्रमणको सुखद सुरुवातको लक्ष्यमा नेपाली टोली रहेको छ ।

अमेरिका पनि पछिल्लो टि ट्वान्टी विश्वकप यताको उत्कृष्ट लयलाई निरन्तरता दिन चाहन्छ । घरेलु भुमीमा भएको विश्वकपमा पाकिस्तानलाई पराजित गरि सुपर ८ मा स्थान बनाएको अमेरिकाको त्यसपछिको खेलमा धेरै परिवर्तन आएको छ । अमेरिकाले खेलेको पछिल्लो पाँच टि ट्वान्टीमा ३ मा जित र २ मा हार बेहोरेको छ ।

ताजा अवस्थामा १५ ओभरको खेल सकिँदा नेपालले ४ खेलाडीको नोक्सानीमा ११५ रन बनाएको छ ।

नेपालका ओपनर अनिल शाह र आशिफ शेखले समान २७-२७ रन बनाए, कुशल भुर्तेल १० रनमा आउट हुँदा गुल्सन झा ११ रनमा पेभिलयन फर्किए ।

क्रिजमा कप्तान रोहित पाैडेल १९ र दीपेन्द्रसिंह एैरी १२ रनमा खेलिरहेका छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *