प्लाष्टिकका फूलमाला बिक्री तथा प्रयोग नगर्न चन्द्रागिरि नगरको अनुरोध, अवज्ञा गरिए कारबाही

Thankot Times

थानकोट ।

चन्द्रागिरि नगरपालिकाले ४० माइक्रोन भन्दा कमका प्लाष्टिक तथा प्लाष्टिकका फूलमाथा बिक्री वितरण एवं प्रयोग नगर्न अनुरोध गरेको छ ।

बिहीबार जारी भएको सूचनामा  चन्द्रागिरि नगरपालिकालाई सफा शहर बनाउन हरेक व्यक्तिको कर्तव्य रहेको व्यहोरा अनुरोध गर्दै ४० माईक्रोन भन्दा कमको प्लाष्टिक तथा आयातित प्लाष्टिकका फूलमाला प्रयोगबाट प्राकृतिक सौन्दर्यतामा असर हुनुका साथै प्रयोगपश्चात सार्वजनिक स्थान, सडक, नदिमा फाल्ने जलाउने गर्दा वायू प्रदुषण भई मानव स्वास्थ्यमा (मुटु, फोक्सो, आँखा) समेत असर हुने भएकोले त्यस्ता सामाग्री बिक्री वितरण तथा प्रयोग नगर्न अनुरोध गरिएको हो ।

साथै आफ्नो घर, पसल, सडकमा फोहोरमैला, कसिंगर र कृषिजन्य फोहोर फाल्ने जलाउने नगर्न समेत चन्द्रागिरि नगरले अनुरोध गरेको छ ।  नगरले जारी गरेको सूचना अनुसारको व्यहोरा उल्लंघन भएमा कानुन बमोजिम हुने समेत चन्द्रागिरि नगरपालिकाे जनाएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *