तापक्रम घटेसँगै काठमाडौं उपत्यकामा बढ्यो वायु प्रदूषण

Thankot Times

थानकोट।

काठमाडौं उपत्यकामा तापक्रम घटेसँगै वायु प्रदूषण बढेको छ ।

बिहीबार बिहानैदेखि काठमाडौंको वायुमण्डल धुम्म भएको हो ।

अमेरिकी दूतावासको एअर क्वालिटी इन्डेक्स मापक अनुसार बिहीबार बिहान ११ बजे काठमाडौँ उपत्यकाको वायुको गुणस्तर १५५ रहेको थियो । यसको अर्थ काठमाडौंको वायु गुणस्तर अस्वस्थकर हो ।

विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ)ले एक्यूआई १५० भन्दामा माथि पुग्दा वायुलाई अस्वस्थ मान्छ।

उक्त अङ्क ३०० भन्दा माथि पुगे त्यसलाई खतरनाक मानिन्छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ