नेपाली बजारमा सुनको मूल्यले बनायो नयाँ कीर्तिमान

Thankot Times

थानकोट ।

नेपालमा बहुमूल्य धातु सुनको मूल्यले नयाँ कीर्तिमान बनाएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार कारोबार हुने साताको पाँचाैं दिन बिहीबार सुनको मूल्य तोलामा ६ सय रुपैयाँले बढेर अहिलेसम्मकै उच्च तोलाको एक लाख ६२ हजार ४ सय पुगेको हो।

यस अघि बुधबार सुन तोलाको एक लाख ६१ हजार ८ रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै आज चाँदीको मूल्य भने स्थिर रहेको छ।

आज चाँदी प्रतितोला १ हजार ९ सय ५० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *