महिला साफ च्याम्पियनशिपको साताैं संस्करण आजबाट: उद्घाटन खेल भारत र पाकिस्तान बीच हुने

Thankot Times

थानकोट ।

काठमाडाैंमा आजदेखि महिला साफ च्याम्पियनशिप शुरु हुँदैछ ।

दशरथ रङ्गशालामा बेलुका ५ः३० बजे हुने उद्घाटन खेलमा भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ ।

घरेलु टोली नेपालले भोलि शुक्रबार भुटानसँग खेल्दै प्रतियोगिताको शुरुवात गर्नेछ ।

महिला साफ च्याम्पियनशिपमा आयोजक नेपालसहित माल्दिभ्स, पाकिस्तान, श्रीलङ्का, भारत, भुटान र बङ्गलादेश गरी सात वटा देशले प्रतिस्पर्धा गर्नेछन् ।

प्रतियोगिता कात्तिक १४ गतेसम्म चल्ने छ ।

साविक विजेता बङ्गलादेशसहित भारत र पाकिस्तान समूह ‘ए’ मा छन भने समूह ‘बी’ मा नेपालसँगै भुटान, श्रीलङ्का र माल्दिभ्स परेका छन् ।

नेपाल अहिलेसम्म पाँच पटक साफ महिला च्याम्पियनशिपको फाइनलमा पुगे पनि उपाधि जित्न सकेको छैन् ।

महिला साफ च्याम्पियनशिपको सबैभन्दा सफल टोली भारतले पाँच पटक उपाधि जितेको छ ।

यस्तै, बङ्गलादेशले एक पटक उपाधि जितेको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *