नागढुंगा-सिस्नेखोला सुरुङ मार्गको पछिल्लो प्रगति विवरण सार्वजनिक

Thankot Times

थानकोट ।

चन्द्रागिरि नगरपालिका र धुनिवेंशी नगरपालिकामा निर्माणाधीन राष्ट्रिय गाैरवको परियोजना नागढुंगा सुरुङ मार्ग आयोजनाको पछिल्लो भौतिक प्रगति विवरण सार्वजनिक भएको छ।

बुधबार आयोजनाले सार्वजनिक गरेको विवरण अनुसार सुरुङ मार्ग आयोजनाको भाैतिक प्रगति असी प्रतिशत नाघेको छ ।

सार्वजनिक पछिल्लो विवरण अनुसार भौतिक प्रगति ८०.५० प्रतिशत पुगेको हो ।

आयोजनाको वित्तीय प्रगति ७४.७० प्रतिशत छ ।

त्यसैगरी आयोजनामा सुरुङतर्फको काम शतप्रतिशत पुगेको छ । जसमा सुरुङ खन्ने र कंक्रिट लाइनिङको काम समेत सकिएको छ । यहाँ २ हजार ६ सय ८८ मिटर लामो मुख्य सुरुङ र २ हजार ५ सय ५७ मिटर लामो उद्धार सुरुङ छ ।

नागढु्ङ्गा सुरुङ मार्ग हुँदै चार सय जना काठमाडाैं भित्रिए

यो आयोजनाको काठमाडौंतर्फको भागमा अन्डरपास, बक्स कल्भर्ट, पुल, ओभरपास र फ्लाइओभरको काम जारी छ ।

यसमध्ये अन्य संरचनाको काम सकिए पनि फ्लाइओभरको काम भने अझै सकिएको छ । जसले गर्दा भौतिक प्रगति अझै २० प्रतिशत बाँकी देखिएको छ ।

अलपत्र यात्रुलाई चन्द्रागिरि नगरको सहयोगमा नागढुङ्गा सुरुङ मार्गबाट काठमाडौं ल्याइँदै (भिडिवो)

नागढुंगा सुरुङमार्गको डिजाइन जापान सरकारको सहयोगमा भएको हो ।

कर बाहेक साढे १३ अर्ब रुपैयाँमा यो आयोजनाको ठेक्का लागेको हो ।

सुरुङसम्म पहुँचमार्गका लागि गुर्जुधारा चोक र सुरुङको मुख नजिकै फ्लाइओभर बनाइएको छ ।

गुर्जुधारा नजिकैको फ्लाइओभर ६ सय १० मिटर लामो हुनेछ ।

सुरुङमार्ग र पहुँचमार्ग समेत गरी कुल लागत भने २२ अर्ब रुपैयाँभन्दा माथिको हो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *