चन्द्रागिरि लगायत देशका अधिकांश स्थानमा तापक्रम घट्दो

Thankot Times

थानकोट ।

काठमाडौं उपत्यकासहित देशका अधिकांश स्थानमा तापक्रम घटिरहेको छ ।

मौसमविद्हरूका अनुसार पछिल्लो दुई सातामा ५ डिग्री सेल्सियस तापक्रम घटेको छ ।

मनसुन सकिएपछि चिसो मौसम सुरु हुने भएकाले आवश्यक सतर्कता अपनाउनु पर्ने माैसम विद्हरूको भनाइ छ ।

आज लुम्बिनी, सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशमा पश्चिमी वायुको प्रभाव सामान्य र कोसी, मधेस र वाग्मती प्रदेशमा आंशिक प्रभाव पर्नुका साथै स्थानीय वायुको पनि आंशिक प्रभाव रहेको विभागले जनाएको छ ।

आज दिउँसो कोसी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ ।

तीनवटै प्रदेशको पहाडी भू-भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ ।

रातिको समयमा पनि कोसी प्रदेशका पहाडी भू-भागका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *