वुमेन्स साफ च्याम्पियसिप २०२४: पाकिस्तानको टोली काठमाडाैं आइपुग्यो

Thankot Times

थानकोट ।

वुमेन्स साफ च्याम्पियसिप २०२४ मा सहभागी हुन काठमाडौं आइपुग्ने पाकिस्तान पहिलो टिम भएको छ ।

पाकिस्तान आइतबार मध्यरात नेपाल आइपुगेको हो ।

पाकिस्तानी स्पोर्टस बोर्डले अन्तिम समयमा स्विकृति दिएपछि टिमको नेपाल जाने बाटो खुलेको हो । 

बोर्डले स्वीकृत दिन आनाकानी गरेपछि पाकिस्तानको सहभागिता अन्यौलमा परेको थियो ।

पाकिस्तान प्रतियोगिताको समूह ‘ए’ रहेको छ र उसका प्रतिद्वन्द्वी भारत र बंगलादेश रहेका छन् ।

यही बिहीबार हुने उद्घाटन खेलमा पाकिस्तानले पाँच पल्टको च्याम्पियन भारतको सामना गर्नेछ ।

समूह ‘बी’ आयोजक नेपालसँगै श्रीलंका, माल्दिभ्स र भुटान छन् ।

त्यसमध्ये माल्दिभ्स सोमबार काठमाडौं आइपुग्नेछ ।

डिफेन्डिङ च्याम्पियन बंगलादेशसँगै भारत र श्रीलंका मंगलबार आइपुग्नेछन् भने भुटान बुधबार मात्रै आइपुग्ने कार्यक्रम रहेको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *