कस्ताे रहला आज दिनभरकाे माैसम ?

Thankot Times

थानकोट ।

देशमा हाल पश्चिमी र स्थानीय वायुको प्रभाव छ । मनसुनी वायु शनिबार (हिजो)देखि नेपालबाट बाहिरिइसकेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार, लुम्बिनी, सुदूरपश्चिम र कर्णाली प्रदेशमा पश्चिमी वायुको प्रभाव सामान्य छ । “कोसी प्रदेश, मधेस प्रदेश, वाग्मती प्रदेश र गण्डकी प्रदेशमा अंशिक प्रभाव परेको छ । साथै, स्थानीय वायुको पनि अंशिक प्रभाव रहेको छ,” आइतबार बिहान महाशाखाले जारी गरेको बुलेटिनमा उल्लेख छ ।

बिहानीपख कोसी, मधेस र वाग्मती प्रदेशलगायत देशका पहाडी भूभागमा आंशिक बदली छ । बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहेको महाशाखाले जनाएको छ ।

आज दिउँसो मधेससहित कोसी, वाग्मती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहनेछ । बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ । मधेससहित कोसी, वाग्मती र गण्डकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना छ ।

यस्तै, राति लुम्बिनीसहित कोसी, वाग्मती, गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहनेछ । बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ । कोसी र गण्डकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *