काभा यु-२० च्याम्पियनसिपः उपाधिका लागि आज नेपाल र उज्वेकिस्तानबीच प्रतिस्पर्धा हुँदै
थानकोट ।
श्रीलंकामा जारी सेन्ट्रल एसियन भलिबल एशोसिएसन (काभा) यु-२० पुरुष भलिबल च्याम्पियनसिपको उपाधिका लागि नेपाल र उज्वेकिस्तान आज प्रतिस्पर्धा गर्दैछन् ।
श्रीलंकाको कोलम्बोमा हुने फाइनल भिडन्त स्थानीय समयअनुसार दिउँसो ३ बजेदेखि सुरु हुनेछ ।
शुक्रबार भएको लिग चरणको अन्तिम खेलमा नेपालले तुर्कमेनिस्तानलाई ३-० को सोझो सेटमा पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो ।
त्यसअघि नेपाललले श्रीलंका र माल्दिभ्सलाई समान ३-० को सोझो सेटमा पराजित गरेको थियो । उज्वेकिस्तानसँग ३-१ र कीर्गिस्तानसँग ३-२ सेटको हार ब्यहोरेको थियो ।
नेपाल दोस्रो स्थानमा रहँदै फाइनल प्रवेश गरेको हो भने उज्वेकिस्तान शतप्रतिशत जीतसहित पहिलो स्थानमा रहँदै फाइनलमा पुगेको हो ।
श्रीलंका भलिबल फेडेरेसनले आयोजना गरेको उक्त प्रतियोगितामा आयोजक श्रीलंकासहित तुर्किमिनिस्तान, माल्दिभ्स, कीर्गिस्तान, उज्वेकिस्तान र नेपाल सहभागी छन् ।
आज नै स्थानीय समअनुसार बिहान १० बजे श्रीलंका र माल्दिभ्स बीच खेल हुनेछ ।
यसैगरी तेस्रो स्थानका लागि तुर्कमिनिस्तान र कीर्जीकिस्तान दिउँसो १ बजे खेल्नेछन् ।