आज र भोलि मनकामना केबलकार बन्द रहने

Thankot Times

थानकोट ।

नेपालकै केबलकार सेवा मनकामना केबलकार आज असोज २६ गते (विजया दशमी) र र भोलि २७ गते (एकादशी) बन्द रहने भएको छ ।

मनकामना दर्शन प्रालिले अघिल्लो साता एक विज्ञप्ती जारी गर्दै मनकामना केबलकार प्रालिले ती दिन सेवा स्थगित हुने जनाएको थियो ।

असोज २८ गते सोमबारबाट भने केबलकार साबिक अनुसार सञ्चालन हुने छ ।

गोरखास्थित मनकामना मन्दिर क्षेत्र पुग्न दैनिक हजाराैंको संख्यामा यात्रुहरू मनकामना केबलकारको प्रयोग गर्दै आएका छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *