खोंचमा खसेर बेपत्ता भएको आठाैं दिन फेला परेका कीर्तिपुरका प्रल्हाद महर्जनको दाहसंस्कार

Thankot Times

थानकोट ।

असाेज १७ गते घटस्थापनाका दिन बिहान कीर्तिपुर नगरपालिका-९ स्थित खोंचमा खसेर बेपत्ता भएका प्रल्हाद महर्जन आठाैं दिन बिहीबार मृत भेटिएका छन् । 

गाेदावरी नगरपालिका-७ डुकुछाप बस्तिनजिक बागमती नदीकाे बगरमा महर्जनको शव क्षत विक्षत अवस्थामा भेटिएको बताइएको छ । 

नदीमा पानीकाे सतह घट्दै गएपछि उनको शव बगरमा परेकाे हो । 

स्थानीय तथा सुरक्षा कर्मीहरूले कटवाल दहसम्म खाेजी गरेकाे भएपनि करिब ३ सय मिटर तल बगरमा ठूलाे ढुंगामा शव भेटिएपछि उनको सनाखतपछि शुक्रबार दाहसंस्कार गरिएको  छ ।

शव फेला परेपनि चिन्न सक्ने अवस्थामा नभएकाे र दाँत र टाउकाेकाे पछाडि भागमा बाँकी कपालकाे आधारमा परिवारजनले सनाखत गरेको स्थानीय सञ्चारकर्मी वीरेन्द्र शाक्यले जानकारी दिए । महर्जनको परम्पराअनुसार शुक्रबार दीखु घाटमा अन्त्येष्टि गरिएको छ । सो क्रममा सयाैं स्थानीयको उपस्थिति रहेको थियो ।

तस्बिरः प्रताप महर्जन, वीरेन्द्र शाक्य


One thought on “खोंचमा खसेर बेपत्ता भएको आठाैं दिन फेला परेका कीर्तिपुरका प्रल्हाद महर्जनको दाहसंस्कार

  1. भावपूर्ण श्रद्धाञ्जली तथा शोक सन्तप्त परिवारजनप्रति गहिरो समवेदना ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *