अब इन्जिनियरिङ लाइसेन्स लिन परीक्षा पास गर्नुपर्ने

Thankot Times

थानकोट ।

इन्जिनियरहरुले लाइसेन्स लिनका लागि नेपाल इन्जिनियरिङ परिषदबाट हुने परीक्षा पास गर्नुपर्ने गरी कानून निर्माण गर्न लागिएको छ। नेपाल इन्जिनियरिङ परिषद् ऐन, २०५५ लाई संशोधन गर्न बनेको विधेयक, २०७६ मा इन्जिनियरिङ व्यवसायीको रुपमा लाइसेन्स लिन नेपाल इन्जिनियरिङ परिषद्ले लिने परीक्षा पास गर्नुपर्ने व्यवस्था गरिएको छ।

नेपाल इन्जिनियरिङ परिषद्का अध्यक्ष डिल्लीरमण निरौलाले परीक्षा नलिई लाइसेन्स वितरण गरिने व्यवस्थाले इन्जिनियरहरुको गुणस्तर ह्रास भएकोले विधेयकमा नै वर्षको दुई पटक परीक्षा लिई लाइसेन्स दिने व्यवस्था गरिएको बताए। संघीय संसद् प्रतिनिधि सभाको विकास तथा प्रविधि समितिको बुधबारको बैठकमा अध्यक्ष निरौलाले विद्यमान इन्जिनियरिङ परिषद् ऐनमा इन्जिनियरको योग्यता अनुसार नाम दर्ता गर्ने, इन्जिनियरिङ पेशामा कार्यसम्पादन बढाउने, परीक्षा प्रणालीमा पास हुनेलाई मात्र लाइसेन्स दिने, विश्वविद्यालयको पाठ्यक्रममा एकरुपता गर्ने र परिषदको रजिस्ट्रारको नियुक्ती खुल्ला प्रतिस्पर्धाबाट गर्ने व्यवस्था गरिएको बताए। यस्तै संविधान अनुसार समावेशी सिद्धान्त र प्रादेशिक संरचना अनुसार परिषद्लाई बदल्न विधेयक संशोधन गर्नुपर्ने आवश्यकता भएको उनको भनाइ छ।

नेपाल इन्जिनियर्स एसोसिएसनका अध्यक्ष त्रिरत्न बज्राचार्यले इन्जिनियरको गुणस्तर बढाउन परीक्षा लिएर लाइसेन्स दिने व्यवस्था राम्रो भएको बताए। उनले विधेयकमार्फत नै देश भित्रका सबै विश्व विद्यालयका पाठ्यक्रममा एकरुपता ल्याउने गरी कानून निर्माण गर्न समितिलाई सुझाव दिए।

छलफलमा सांसदहरुले इन्जिनियरहरुको गुणस्तरमा ध्यान नदिदा कतिपय संरचनाहरु कमजोर बनेको बताएका छन्। सांसदहरुले इन्जिनियरको लाइसेन्स वितरणमा कडाई गर्नुपर्ने बताएका छन्। सांसद गणेश पहाडीले फिल्डमा गएर सर्भे गरी डाटा ल्याउने जुनियर इन्जिनिरहरुको गुणस्तरमा समेत ध्यान दिएर विधेयक आउनुपर्ने बताए।

उनले सरकारले नीति तथा कार्यक्रम मार्फत ७० प्रतिशत प्राथमिक स्तरको दक्ष जनशक्ति उत्पादन गर्ने निति लिएको र इन्जिनियरको उत्पादन पनि सोही अनुसार हुनुपर्ने बताए। यस्तै पाठ्यक्रम निर्धारण गर्ने अधिकार विश्वविद्यालयको भएकोले त्यसलाई विधेयकमा समावेस गर्न नसकिने उनको भनाइ छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ