चन्द्रागिरि र कीर्तिपुरको सीमा क्षेत्रको ११ रोपनी जग्गामा नेकपा एमालेको मुख्यालय बन्ने
थानकोट ।
सत्ता नेतृत्व गरिरहेको दल नेकपा एमालेले कीर्तिपुर नगरपालिका वडा नम्बर २ मैत्रीनगरमा पार्टी केन्द्रीय कार्यालयको भवन निर्माण गर्ने भएको छ ।
बिहीबार बसेको एमाले सचिवालय बैठकले मैत्रीनगरमा केन्द्रीय कार्यालयको भवन निर्माणका लागि शुक्रबार शिलान्यास गर्ने निर्णय गरेको प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए ।
२०७२ सालको भूकम्पले बल्खुको एमाले पार्टी कार्यालय भत्किएपछि पार्टी कार्यालय धुम्बाराही, माइतीघर हुँदै च्यासलबाट कार्यालय सञ्चालन हुँदै आएको छ ।
‘शुक्रबार १२ बजेर २५ मिनेटमा पार्टी कार्यालयको भवन शिलान्यास गर्ने कार्यक्रम रहेको छ’, गौतमको भनाइ छ ।
११ रोपनीभन्दा बढी क्षेत्रफलमा पार्टी कार्यालयको भवन निर्माण गर्न लागिएको हो ।
सो क्षेत्र चन्द्रागिरि नगरपालिका वडा नं १५ तीनथानासँग पनि जोडिएको छ।
प्रधानमन्त्री केपी ओली सो शिलान्यास कार्यक्रममा सहभागी हुने नेकपा एमाले चन्द्रागिरि नगर कमिटि अध्यक्ष उत्तम बहादुर राउतले जानकारी दिए ।
तस्बिरः वीरेन्द्र शाक्य