बुदो मार्सल आर्ट च्याम्पियनसिपमा भाग लिने टाेलीलाई बिदाई
थानकोट ।
ओपन अन्तर्राष्ट्रिय बुदो मार्सल आर्ट च्याम्पियनसिपमा सहभागी हुने ६ जना खेलाडीलाई बिदाइ गरिएको छ ।
बिहीबार काठमाडौंको नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)को कार्यालयमा बिदाइ गरिएको हो ।
नेपाल ट्रेड युनियन महासंघ अध्यक्ष बिनोद श्रेष्ठ र स्पोर्ट्स युनियन नेपालका अध्यक्ष सीता लामाले संयुक्त रूपमा बिदाइ गरेका थिए ।
उनीहरूले अजरबैजानको बाकुमा हुने च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्ने छन् ।
बिदाइ हुने खेलाडीमा पूजा लामा, विनिश महर्जन, ज्ञानेन्द्र हमाल, वीरचन्द्र नकर्मी र सतिश बलामी छन् । टोलीको प्रमुख प्रशिक्षक एवं व्यवस्थापकमा वीरकृष्ण महर्जन रहेका छन् ।
स्पोर्ट्स युनियन नेपालले आयोजना गरेको विदाइ कार्यक्रममा टोलीलाई राष्ट्रिय झण्डा हस्तान्तरण गरिएको थियो ।
अजरबैजानमा आयोजना हुने ओपन अन्तर्राष्ट्रिय बुदो मार्सल आर्ट च्याम्पियनसिप अक्टोबर १७ देखि २० सम्म चल्नेछ ।
प्रतियोगितामा सहभागी हुन नेपाली टोली कात्तिक १ गते अजरबैजान प्रस्थान गर्नेछ ।
बिदाइ समारोहमा विश्वमा सबैभन्दा धेरै पटक नौ हजार २१८ पटक फुटबल टज गरेर विश्वकिर्तिमान कायम गर्दै गिनिज बुकमा नाम लेखाएका टोखाका फुटबल खेलाडी सजन डंगोललाई समेत सम्मान गरिएको थियोे ।
हाल उनी बेलायतमा व्यावसायिक फुटबल खेल्दै आएका छन् ।