ईभीमा यात्रा गर्दै हुनुहुन्छ ? थानकोट लगायतका स्थानमा ईभीका लागि फास्ट चार्जिङ स्टेशन

Thankot Times

थानकोट ।

पछिल्लो समय नेपालमा विद्युतीय सवारी (ईभी) प्रति आकर्षण बढ्दै गएको देखिन्छ ।

पर्यावरणीय दृष्‍टिकोण, तुलनात्मक रूपमा सस्तो यात्रा, सहज तथा सहुलियतपूर्ण कर्जाको व्यवस्था लगायतका कारण ईभीप्रति चासो बढेको हो ।

यद्यपि लामो यात्रामा निस्किनु पहिले आफ्नो साधन कहाँ चार्ज गर्ने भन्ने सबै भन्दा ठुलो चिन्ताको विषय हुने गरेको छ । अझ चाडपर्वको समयमा त लामो यात्रामा निस्किने ईभीको चाप बढी हुन्छ । जसले गर्दा यात्रा तय गर्नु अगावै आफ्नो रुटमा पर्ने चार्जिङ स्टेसन र ती चार्जिङ स्टेसनको अवस्थाबारे जानकारी राखेमा यात्रा सहज हुनसक्छ ।

सडकमा ईभीको उपस्थिति बढ्दै जाँदा हाल नेपालका विभिन्न रुटहरूमा गाडी वितरक कम्पनीहरू, निजी स्तर र नेपाल विद्युत् प्राधिकरणले चार्जिङ स्टेसन निर्माण कार्यलाई तीव्रता दिएका छन् । यसकारण दशैं-तिहारको समयमा ईभी लिएर लामो यात्रामा निस्किँदा गाडी चार्ज गर्न समस्या भोग्नु नपर्ने बिक्रेताहरू बताउँछन् । 

हाल नेपाल विद्युत्‌ प्राधिकरणले देशभरका विभिन्न स्थानमा ६२ ओटा चार्जिङ स्टेसन निर्माण गरिसकेको छ । मुख्य राजमार्गमा हाल निम्न स्थानमा फास्ट चार्जिङ स्टेसनहरू सञ्चालनमा छन्ः 

  • आँबुखैरेनी

  • कुरिनटार

  • चरौंदी

  • दोलखा

  • धुलिखेल

  • धार्के

  • मुग्लिन

  • पारस बसपार्क, चितवन

  • सिन्धुलीको खुर्कोट

  • सिन्धुली बसपार्क

  • इलाका प्रहरी कार्यालय बर्दिवास

  • महोत्तरी

  • हरिवन, सर्लाही

  • इनरुवा बसपार्क, सुनसरी

  • प्रहरी पेट्रोल पम्प लहान, सिराहा

  • कालिका फ्युल सेन्टर पोखरा, कास्की

  • दमक बसपार्क, झापा

  • सुर्खेत बसपार्क

  • हेटौंडा, रातामाटे, मकवानपुर

  •  बेगनास ताल, पोखरा

  • बुटवल बसपार्क, रूपन्देही

  • इटहरी, सुनसरी

  • विराटनगर, मोरङ

  • कोहलपुर, नयाँ बसपार्क, बाँके

  • धनगढी, कैलाली

  • त्रिशूली, हावाघर, नुवाकोट

  • बट्टार, त्रिशूली, नुवाकोट

  • कुस्मा, पर्वत

  • लमही बसपार्क दाङ

  • लम्की, कैलाली

  • बनेपा, काभ्रे

  • थानकोट

  • भरतपुर बसपार्क, चितवन

  • वीरगन्ज बसपार्क, पर्सा

  • अत्तरिया बसपार्क, कैलाली

-टेकपानाबाट ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ