नेपाल टेलिकमको मोबाइल लागेन कि ? यस्तो छ टेलिकमको भनाइ

Thankot Times

थानकोट ।

नेपाल टेलिकमको मोबाइलमा नेटर्वक समस्या देखिएको छ ।

बुधबार बिहान ११ बजेदेखि करिब २० मिनेट देशभरको मोबाइलहरूमा फोन नलाग्ने समस्या देखिएको हो । 

टेलिकमको वाइड एरिया नेटवर्कमा समस्या देखिँदा केही समय फोन नलाग्ने अवस्था भएको बताइएको छ ।

नेपाल टेलिकमका प्रवक्ता हरि ढकालका अनुसार उक्त एसटी-वान नेटवर्कमा समस्या देखिएको थियो । 

‘सामान्य नेटवर्क इस्यु हो, १५/२० मिनेट समस्या देखियो, अहिले सेवा सञ्चालन भइसकेको छ,’ उनले भने ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ