सुनको भाउ तोलामा १ हजार रुपैयाँ घट्यो
थानकोट ।
कारोबार हुने साताको चाैथो दिन बुधबार नेपाली बजारमा सुनको मूल्यमा गिरावट आएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले बुधबारको लागि तोकेको मूल्य अनुसार छापावाला सुनको मूल्य एक हजार रुपैयाँले घटेको हो ।
अब छापावाला सुन प्रतितोला १ लाख ५९ हजार १ सय रुपैयाँ पर्नेछ ।
हिजो मंगलबार यस्तो मूल्य १ लाख ६० हजार १ सय रुपैयाँ रहेको थियो ।
आज चाँदीको मूल्यमा पनि उच्च गिरावट देखिएको छ ।
मंगलबार प्रतितोला १ हजार ९ सय ४० रुपैयाँ रहेको सुनको मूल्य प्रतितोला ४० रुपैयाँले घटेर १ हजार ९ सय रुपैयाँमा झरेको छ ।