नेपालले भुटानलाई ५० रनले हरायो

Thankot Times

थानकोट ।

एसीसी महिला टी-२० च्याम्पियनसिपको पहिलो खेलमा नेपालले भुटानलाई ५० रनले पराजित गरेको छ ।

९५ रनको लक्ष्य पछ्याएको भुटान ४४ रनमा अलआउट भयो । भुटानको इनिङ धराशायी बनाउने क्रममा नेपालका संगिता राईले ४ विकेट लिइन् ।

यसअघि मलेसियाको यूएसडी यूकेएम ओभलमा टस जितेर पहिले ब्याटिङ रोजेको नेपालले निर्धातिर २० ओभरमा ९ विकेट गुमाउँदै ९४ रन बनायो । नेपालका लागि काजोल श्रेष्ठले सर्वाधिक २६ रनको योगदान गरिन् । त्यस्तै कप्तान रुविना क्षेत्रीले २१ रन बनाउँदा इन्दु बर्माले २० रन जोडिन् । नेपालका लाग त्यसबाहेकका ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् । नेपालका तीन जना ब्याट्र रन आउट भएका थिए ।

भुटानका लागि अन्जु गुरुङ, सोनाम पाल्डोम र टासी चेकीले एक–एक विकेट लिए । नेपाल आज भुटानलाई हराउँदै च्याम्पियनसिपमा सुखद सुरुआत गर्न चाहन्छ । यता, भुटान पनि नेपाललाई हराएर सुखद सुरुआती गर्ने योजनामा रहेको छ । च्याम्पियनसिपमा १० टोलीको सहभागिता रहेको छ । सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ ।

समूह चरणको खेलपछि शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउने छन् । च्याम्पियनसिपको फाइनल पुग्ने दुई टोलीले महिला टी–ट्वान्टी एसिया कप क्रिकेटमा छनोट हुनेछ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *