दोश्रो चन्द्रागिरि अन्तर वडा कप फुटबल प्रतियोगिताः आज क्वाटरफाइनल खेलहरू हुने

थानकोट ।
नैकाप फुटबल मैदानमा जारी दोश्रो चन्द्रागिरि अन्तर वडा कप फुटबल प्रतियोगितामा आजबाट क्वाटरफाइनल चरणका खेल सुरु हुँदैछन् ।
असोज १७ गतेबाट सुरु प्रतियोगितामा चन्द्रागिरि नगरका सबै १५ वटै वडाका टोली सहभागी छन् ।
पहिलो क्वाटर फाइनल खेलमा आज बिहान ८ बजे साबिक विजेता चन्द्रागिरि नगरपालिका वडा नं. ४ थानकोट र चन्दागिरि नगरपालिका वडा नं. १४ टोलीबीच खेल हुनेछ ।
अघिल्लो चरणमा चन्द्रागिरि ४ ले चन्द्रागिरि ९ लाई पराजित गरेको थियो । चन्द्रागिरि १४ ले चन्द्रागिरि १२ लाई पराजित गर्दै क्वाटर फाइनलमा प्रवेश गरेको हो ।
आज नै बिहान १० बजे वडा नं. ५ र वडा नंं १० बीच खेल हुनेछ । अघिल्लो चरणमा चन्द्रागिरि ५ ले वडा नं. ११ लाई पराजित गरेको थियो । चन्द्रागिरि १० ले भने सिधै दोश्रो चरणमा खेल्ने अवसर पाएको हो ।
आज नै चन्द्रागिरि १२ र चन्द्रागिरि ७ बीच दिउँसो १ बजे खेल हुनेछ ।
चन्द्रागिरि १३ ले अघिल्लो चरणमा चन्द्रागिरि ३ को चुनाैती पन्छाएको थियो भने चन्द्रागिरि २ माथि जित हात पार्दै चन्द्रागिरि ७ क्वाटर फाइनलमा प्रवेश गरेको हो ।
आज नै हुने अन्तिम क्वाटर फाइनल खेलमा चन्द्रागिरि ८ ले चन्द्रागिरि १५ सँग खेल्ने तालिका छ ।
यो खेल अपरान्ह ४ बजे हुनेछ ।
चन्द्रागिरि ८ ले अघिल्लो चरणमा चन्द्रागिरि १ लाई पराजित गरेको थियो भने चन्द्रागिरि १५ ले चन्द्रागिरि ६ लाई पराजित गरेको थियो ।
प्रतियोगिताको सेमीफाइनल खेल असोज २२ गते र फाइनल खेल असोज २४ गते खेलाइने तालिका रहेको छ ।
प्रतियोगिताका विजेताले २ लाख २५ हजार, ट्रफी र मेडल पुरस्कार पाउँदा प्रतियोगिताको उपविजेताले १ लाख १० हजार रूपैयाँ, ट्रफी र मेडल पाउनेछ ।
व्यक्तिगत विधातर्फ उत्कृष्ठ खेलाडी, गोलरक्षक, गोलकर्ता, प्रशिक्षकले जनही १० हजा रूपैयाँ प्राप्त गर्ने जनाइएको छ । यसैगरी प्रतियोगिताको अनुशासित टोलीले १० हजार रूपैयाँ पाउनेछ ।