तेस्रो मातातिर्थ गोल्डकपः लोरेनलाई फेयर प्ले अवार्ड, व्यक्तिगत विधामा कसले कुन उपाधि जिते ?

Thankot Times

थानकोट

क्लीन भिजन क्लब तेस्रो मातातिर्थ गोल्डकप फुटबल प्रतियोगिताको च्याम्पियन बनेको छ।

शनिबार हजारौं दर्शकमाझ क्लीन भीजन क्लब र एभरेष्ट युथ क्लबबीच खेलाइएको फाइनल खेलमा क्लीन भीजन १-० ले विजयी भयाे ।

चन्द्रागिरि नगरपालिका-०६ मातातिर्थस्थित बालागाउँ फुटबल मैदानमा असोज पहिलो साताबाट जारी प्रतियोगिताको विजेता क्लीन भीजनले नगद ४ लाख रूपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्याे ।

उपविजेता बनेको एभरेष्टले २ लाख ५० हजार रूपैयाँ ट्रफी, मेडल र प्रमाणपत्र पायाे ।
मिलन युथ क्लबले तेस्रो स्थान हात पार्याे । मिलनले १ लाख ५० हजार रूपैयाँ, ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्यो ।

विजेताहरूलाई युवा तथा खेलकुद मन्त्री तेजुलाल चाैधरी लगायतले पुरस्कार वितरण गरेका थिए ।

प्रतियोगिताको व्यक्तिगत विधातर्फ क्लीन भीजनका कुशल गिरी सर्वोत्कृष्ठ गोल रक्षक घोषित भए । क्लीन भीजनकै सन्दीप कार्की सर्वोत्कृष्ठ डिफेन्डर घोषित हुँदा उपविजेता एभरेष्ट युथ क्लबका राम वाजी सर्वोत्कृष्ठ खेलाडी चुनिए ।

यसैगरी एभरेष्टकै उज्वल राईले प्रतियोगिताभर सबैभन्दा धेरै ६ गोल गर्दै सर्वाधिक गोलकर्ताको उपाधी प्राप्त गरे ।

व्यक्तिगत विधाका विजेताले नगद १० हजार रूपैयाँ, ट्रफी, मेडल प्राप्त गरे ।

लोरेन क्लबले फेयर प्ले अवार्ड हात पार्यो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ