ढुङ्गेअड्डादेखि सतुङ्गलसम्म बिहान ११ बजेबाट विद्युत सेवा प्रभावित हुने

Thankot Times

थानकोट ।

नेपाल विद्युत् प्राधिकरणले कुलेश्वर र बानेश्वर वितरण केन्द्रअन्तर्गतका क्षेत्रमा विद्युतीय लाइन भूमिगत गर्ने कार्यका लागि विद्युत् कटौती गरिने जनाएको छ ।

विद्युत् सेवा बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म (चार घण्टा) अवरुद्ध हुनेछ ।

गत आइतबारदेखि बलम्बु फिडरअन्तर्गत कलंकीदेखि सतुंगलसम्मको क्षेत्रमा ११ बजेदेखि ३ बजेसम्म विद्युत् आपूर्ति अवरुद्ध भएको थियो भने आज बिहीबार कलंकीदेखि सतुंगलसम्म, शुक्रबार मीनभवन र तीनकुने पुल क्षेत्र र शनिबार बौद्ध क्षेत्रमा विद्युत् आपूर्ति अवरुद्ध हुने प्राधिकरणले जनाएको छ ।

साथै, मौसम प्रतिकूल रहेमा विद्युत् आपूर्ति नियमित हुने पनि प्राधिकरणको भनाइ छ ।

एआई तस्बिर


Leave a Reply

Your email address will not be published. Required fields are marked *