झ्याप्ले खोलामा सडक मर्मतपछि सडक दुईतर्फी सुचारु, धुलोले राजमार्गमा कुहिरीमण्डल

Thankot Times

थानकोट।

त्रिभुवन राजपथअन्तर्गत धादिङको झ्याप्ले खोलामा पहिरोले बिग्रेको सडक मर्मत गरिएपछि मंगलबार अपरान्हबाट पुनः सुचारु गरिएको छ ।

मध्यान्ह १२ बजेदेखि नै बन्द गरेर मर्मत गरिएको सडक केहिबेर अघि दुइतर्फी संचालनमा आएको हो ।

यस अघि २ बजेसम्मका लागि पूर्ण रुपमा सडक बन्द गरेर सडक मर्मत शुरु गरिएपनि केहीबेर अघिबाट मात्र सडक खुलेको हो ।

सडक बन्द हुँदा काठमाडौंबाट बाहिरिने सवारी साधनको लाम लागेको छ। 

अहिले भने विस्तारै सवारी साधनहरू गन्तव्यतर्फ अघि बढिरहेका छन् ।

प्रहरीले लेन नामिचेर सवारी साधन चलाउन आग्रह गरेको छ । 

सडक बन्दको असर कलंकी क्षेत्रमा समेत देखिएको छ । जहाँ सडकको किनार काठमाडाैंबाट बाहिरिने मालबाहक ट्रकको लामो लाम लागेको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ