ढुङ्गेअड्डा-तीनथाना-नैकाप-सतुङ्गल लगायतका क्षेत्रमा बिहान ११ बजेबाट विद्युत सेवा प्रभावित हुने
थानकोट ।
नेपाल विद्युत् प्राधिकरणले कुलेश्वर र बानेश्वर वितरण केन्द्रअन्तर्गतका क्षेत्रमा विद्युतीय लाइन भूमिगत गर्ने कार्यका लागि विद्युत् कटौती गरिने जनाएको छ ।
विद्युत् सेवा बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म (चार घण्टा) अवरुद्ध हुनेछ ।
गत आइतबारदेखि बलम्बु फिडरअन्तर्गत कलंकीदेखि सतुंगलसम्मको क्षेत्रमा ११ बजेदेखि ३ बजेसम्म विद्युत् आपूर्ति अवरुद्ध भएको थियो भने आज मंगलबार पनि कलंकी, थानकोट र बलम्बु फिडरअन्तर्गत कलंकीदेखि सतुंगलसम्मको क्षेत्रमा बिजुली हुनेछैन् ।
त्यसैगरी, भोलि बुधबार (१६ गते) कलंकी क्षेत्र, बिहीबार कलंकीदेखि सतुंगलसम्म, शुक्रबार मीनभवन र तीनकुने पुल क्षेत्र र शनिबार बौद्ध क्षेत्रमा विद्युत् आपूर्ति अवरुद्ध हुने प्राधिकरणले जनाएको छ ।
साथै, मौसम प्रतिकूल रहेमा विद्युत् आपूर्ति नियमित हुने पनि प्राधिकरणको भनाइ छ ।
एआई तस्बिर