काठमाडौं आउँदै गरेका दहचाेकका नरेन्द्र झ्याप्ले खाेला पहिराेमा परेकाे पुष्टि

Thankot Times

थानकोट ।

नागढुङ्गा नजिकै झ्याप्ले खाेलामा शुक्रबार राति पहिरोले यात्रुबस पुरिँदा दहचाेकका एक पुरुषको ज्यान गएको पुष्टी ‍भएकाे छ।

शुक्रबार दिउँसो १ बजेतिर माइक्रोबसमा चढेर काठमाडौका लागि यात्रा गरेका दहचाेक निवासी नरेन्द्र खत्री साेही दिन रातिदेखि परिवारसँग सम्पर्क विहिन भएका थिए ।

खत्रीले प्रयाेग गर्ने माेबाइलकाे सिम र कपडाको आधारमा साेमबार उनकाे शव त्रिवि शिक्षण अस्पतालमा परिवारजनले पहिचान गरेका हुन् ।

झ्याप्ले खाेलामा पहिराेले पुरिएका तीन वटा सवारीसाधनबाट ३५ जनाकाे शव आइतबार उद्धारकर्मीले फेला पारेका थिए ।

खत्रीको साेमबार नै अन्त्येष्टि गरिएको बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *