तेस्रो मातातिर्थ गोल्डकपः दि हिलिङ, सिद्धीकाली र क्लीन भीजन अघिल्लो चरणमा

Thankot Times

थानकोट ।

चन्द्रागिरि नगरपालिका-०६ मातातिर्थस्थित बालागाउँ फुटबल मैदानमा जारी तेस्रो मातातिर्थ गोल्डकप फुटबल प्रतियोगिता अन्तर्गत सोमबार सम्पन्न खेलहरूमा दि हिलिङ, सिद्धीकाली र क्लीन भीजनले जित हात पारेका छन् । 

दिनको पहिलो खेलमा दि हिलिङ फुटबल क्लबले फारभीजनमाथि २-० को सहज जित हात पार्यो । 

जितपछि हिलिङ क्वाटरफाइनल प्रवेश गरेको छ । सेमीफाइनलमा स्थान बनाउन उसले असोज १६ मा हुने खेलमा मिलन युथ क्लबको चुनाैती पन्छाउनुपर्नेछ ।

दोश्रो खेलमा सिद्धीकाली क्लबले किसिपिडी युथको चुनाैती ३-२ ले पन्छायो । 

सिद्धीकाली जितसँगै प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ । सेमीफाइनल प्रवेशका लागि सिद्धीकालीले असोज १६ मा समतामुल्क युवा क्लबको सामना गर्नेछ ।

दिनको तेस्रो तथा अन्तिम खेलमा क्लीन भीजनलले भुँइखेल फुटबल क्लबलाई३-१ ले पराजित गर्यो । 

जितसँगै क्लीन भिजन सेमीफाइनलमा प्रवेश गरेको छ । फाइनल प्रवेशका लागि क्लीन भीजनले सिद्धीकाली र समतामुलकबीचको खेलको विजेतासँग असोज १८ गते प्रतिस्पर्धा गर्नेछ ।

प्रतियोगिता अन्तर्गत मंगलबार एक मात्र खेल हुनेछ जहाँ वीआर ब्रदर्शले दिउँसो ३ बजे एभरेष्ट क्लबसँग खेल्नेछ । यो खेलको विजेता सेमीफाइनलमा प्रवेश गर्नेछ ।

प्रतियोगिताको विजेताले नगद ४ लाख रूपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछ ।

दोश्रो हुने टोलीले २ लाख ५० हजार रूपैयाँ ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछ । यस्तै तेस्रो स्थान प्राप्त गर्ने टोलीले १ लाख ५० हजार रूपैयाँ, ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्दा उत्कृष्ठ टोलीले २० हजार प्रोत्साहन रकम पाउनेछ ।

व्यक्तिगत विधातर्फ सर्वोत्कृष्ठ खेलाडी, सर्वाधिक गोल कर्ता, उत्कृष्ठ डिफेन्डर र उत्कृष्ठ गोल रक्षकले नगद १० हजार रूपैयाँ, ट्रफी, मेडल प्राप्त गर्नेछन् ।

सेमीफाइनल खेल असोज १८ गते खेलाइने छ भने तेस्रो स्थान र फाइनल खेल असोज १९ गतेका लागि तय भएको बताइएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *