आईसीसी वरीयताको नवौं स्थानमा दिपेन्द्र कायमै

Thankot Times

थानकोट ।

नेपाली राष्ट्रिय क्रिकेट टिमका अलराउण्डर दिपेन्द्र सिंह ऐरीको टी-ट्वान्टी अलराउण्डर वरीयता यथावत छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले सार्वजनिक गरेको नयाँ वरीयतामा दिपेन्द्रको वरीयता नवाैं स्थानमा छ । यस्तै ब्याटिङतर्फ कुशल भुर्तेलको वरीयता सुधार भएको छ । कुशल ३९ औं स्थान उक्लिएका छन् ।

ब्याटिङतर्फ दिपेन्द्र ४३ औं र आसिफ शेख ९८ औं स्थान रहेका छन् । बलिङ वरीयता नेपालका कप्तान सन्दीप लामिछाने ३९ औं स्थानमा यथावत रहेका छन् ।

अविनास बोहरा ९० औं स्थानमा उक्लिएका छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *