सिस्नेखोलामा रोकिएका यात्रु सुरुङमार्गबाट काठमाडाैं आइपुगे
थानकोट ।
शुक्रबार रातिदेखि सिस्नेखोलास्थित सुरुङ मार्ग क्षेत्रमा रोकिएका यात्रुलाई निर्माणाधीन सुरुङमार्गबाट काठमाडाैं ल्याइएको छ ।
सडक विभाग, सुरुङ मार्ग आयोजना र चन्द्रागिरि नगरपालिकाको समन्वयमा पहिरोमा फसेका यात्रुलाई शनिबार सुरुङ मार्ग हुँदै काठमाडाैं भित्रन सहयोग गरिएको सडक विभागले जनाएको छ ।
नागढुङ्गा सुरुङ मार्गको फाइल फोटो