बागमती प्रदेशकाे बजेट ७० अर्ब ९३ करोड ९२ लाख (पूर्णपाठ)

Thankot Times

थानकोट ।

बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्षको लागि ७० अर्ब ९३ करोड ९२ लाख रुपैयाँको बजेट ल्याएको छ ।

बागमती प्रदेश सभामा आर्थिक वर्ष २०७९/०८० को बजेट प्रस्तुत गर्दै प्रदेशको आर्थिक मामिल तथा योजनामन्त्री शालिकराम जम्कट्टेलले कुल विनियोजन मध्ये चालुतर्फ १९ अर्ब २ करोड ४१ लाख रुपैयाँ रहेको बताए । त्यस्तै, पुँजीगततर्फ ४१ अर्ब ५६ करोड २४ लाख, वित्तीय  हस्तान्तरणतर्फ  ८ अर्ब ३५ करोड ३७ लाख र वित्तीय व्यवस्थातर्फ  २ अर्ब रुपैयाँ बजेट विनियोजन गरेको उनले बताए ।

विनियोजनको लागि खर्च बेहोर्ने  स्रोततर्फ राजश्वबाट २६ अर्ब ९७ करोड ११ लाख, अन्य राजश्वबाट ६ अर्ब  २२ करोड ४४ लाख, संघीय वित्तीय हस्तान्तरणमार्फत २१ अर्ब  ६ करोड ८७ लाख, र चालु आर्थिक वर्षको अनुमानित सञ्चित कोष बचत र अन्य स्रोतबाट  १६ अर्ब ६७ करोड ५० लाख रुपैयाँ स्रोत व्यवस्थापन गर्ने लक्ष्य रहेको मन्त्री जम्कट्टेलले  बताए ।

बजेटमा उल्लेखित कार्यक्रमको कार्यन्वयनबाट बागमती प्रदेश सरकारले  सिमेन्ट उद्योगमा लगाएको प्राकृतिक स्रोत उपयोग शुल्क संघीय मूल्य अभिवृद्धि करसँग दोहोरो परेकोले खोरेज गरेको उनले बताए । प्रदेश सरकारले निर्वाचन क्षेत्र पूर्वाधार साझेदार कार्यक्रम खारेज गरेको समेत उनले बताए ।

बजेट वक्तव्यको पूर्णपाठ


Leave a Reply

Your email address will not be published. Required fields are marked *