चन्द्रागिरि बासीको मोबाइलमा म्यासेज ‘बलम्बुस्थित बल्खु खोलामा जल सतह बढेकोले सतर्क रहनु’

Thankot Times

थानकोट ।

जल तथा माैसम विज्ञान विभागले चन्द्रागिरि नगरपालिका बलम्बुस्थित बल्खु खोलामा जल सतह बढेको भन्दै सतर्क रहन अनुरोध गरेको छ ।

विभागले मोबाइलमा एसएमएस पठाउँदै बलम्बु क्षेत्रमा रहेको जलमापन केन्द्रमा हालको जलसतह सतर्कता तह पार गरको र बढ्दो क्रममा भएकाले नदीको तटीय क्षेत्रहरूमा यात्रा गर्ने र रहनुहुनेहरुले राती सम्मै उच्च सतर्कता अपनाउन अनुरोध गरेको हो ।

विभागका अनुसार काठमाण्डौं उपत्यकाका बाग्मती नदी खोकना, गौरीघाट, बल्खु खोला बलम्बु र विष्णुमती गोङ्गबु बसपार्कमा जल सतह बढेको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ