इन्टरपोलबाट रेड नोटिस जारी भएका चन्द्रागिरिका एकसहित तीनजना दुबईबाट पक्राउ

Thankot Times

थानकोट ।

ठगी सम्बन्धी कसुर मुद्दा र जबरजस्ती करणी कसुर सम्बन्धी मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भएका ३ जना फरार प्रतिवादीहरू दुबईबाट पक्राउ परेका छन् । 

पक्राउ पर्नेहरूमा ठगी सम्बन्धी कसुर मुद्दाका फरार प्रतिवादीहरू ४२ वर्षीय भूपेन्द्र बोहोरा र २८ वर्षीय कबिर बुढाथोकी तथा जबरजस्ती करणी कसुर सम्बन्धी मुद्दाका फरार प्रतिवादी २६ वर्षीय रोमन कार्की रहेका छन् ।

उनीहरूलाई सम्बन्धित मुद्दामा कारबाही गर्ने/गराउने प्रयोजनार्थ बुधबार नेपाल फिर्ता ल्याइएको छ । 

पक्राउ परेकामध्ये भूपेन्द्र बोहोरालाई अन्तर्राष्ट्रिय स्तरमा खोजतलास एवं पक्राउ गर्नको लागि नेपाल प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरो लाजिम्पाटबाट अनुरोध भएपश्‍चात इन्टरपोल महासचिवालयबाट २०७९ जेठ १६ गते रेड नोटिस जारी भएको थियो ।

यस्तै काठमाडौँ उपत्यका प्रहरी कार्यालय अपराध अनुसन्धान शाखा रानीपोखरीबाट अनुरोध भएपश्‍चात इन्टरपोल महासचिवालयबाट २०७० साउन २४ गते कबिर बुढाथोकी र २०८१ असार १२ गते रोमन कार्की विरुद्ध रेड नोटिस जारी भएको थियो ।

भुपेन्द्रलाई नेपाल प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरोमा तथा कबिर र रोमनलाई जिल्ला प्रहरी परिसर काठमाडौंमा आवश्यक अनुसन्धान एवम् कारबाहीको लागि बुझाइएको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *