थानकोटस्थित प्राथमिक अस्पताल सार्वजनिक बिदाका दिनमा समेत खुला रहने

Thankot Times

थानकोट ।

चन्द्रागिरि नगर प्राथमिक अस्पताल सार्वजनिक बिदाका दिनमा समेत खुला रहने भएको छ ।

नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट प्रेषित विज्ञप्ती बमोजीम अस्पतालबाट उपलब्ध हुने ओपिडि लगायतका सेवाहरू असोज ६ गतेको चन्द्रागिरि नगर प्रमुख स्तरीय निर्णयानुसार सार्वजनिक बिदाका दिनमा समेत सुचारु रहने भएको हो ।

जसअनुसार अब थानकोट गोदाम चोकमा रहेको नगर प्राथमिक अस्पताल राम नवमी, चण्डी पूर्णिमा (वैशाख पूर्णिमा), उभौली पर्व, रक्षाबन्धन,  श्री कृष्ण जन्माष्टमी, घटस्थापना, क्रिसमस डे, धन्य पूर्णिमा/उभौली पर्व, यमोरी पुन्ही, तमु लोसार, माधी पर्व माघे संक्रान्ति, सोनाम ल्होसार, महाशिवरात्रि, ग्याल्पो ल्होसार, इद (ईद उल फित्र), बकर ईद (इद उल अजहा), मत्स्येन्द्रनाथको भोटो देखाउने जात्रा, घोडे जात्रा, गाईजात्रा, ईन्द्रजात्राका दिनमा समेत खुला रहनेछ ।

यसैगरी गणतन्त्र दिवस, सहिद दिवस, राष्ट्रिय प्रजातन्त्र दिवस, अन्तराष्ट्रिय महिला दिवस, बुद्ध जयन्ती, पृथ्वी जयन्ती (राष्ट्रिय एकता दिवस)का दिन समेत चन्द्रागिरि नगर प्राथमिक अस्पतालमा ओपिडि सेवा खुला रहने प्रमुख प्रशासकीय अधिकृत हेमराज अर्यालले जानकारी दिए ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *