मुगु कर्णाली कै पहिलो साक्षर जिल्ला घोषणा

Thankot Times

थानकोट ।

हिमाली जिल्ला मुगु ६५औं जिल्ला साक्षर जिल्ला घोषणा भएको छ ।

सोमबार एक औपचारिक कार्यक्रमको आयोजना गरी मुगु जिल्ला लाई साक्षर जिल्ला घोषणा गरिएको हो ।

मुगु जिल्लामा रहेका १ नगरपालिका र ३ गाउँपालिका गरि ४ स्थानीय तह छन् ।

सबै  स्थानीय तह यस अघि साक्षर घोषणा भएसँगै सोमबार मुगु जिल्लालाई देशको ६५औं साक्षर जिल्लाका रुपमा गरिएको छ ।

मुगु साबिक कर्णालीका ५ जिल्लामध्ये पहिलो साक्षर जिल्ला घोषणा भएको हो ।

छायांनाथ रारा नगरपालिकामा ९६.२५ प्रतिशत, सोरुमा गाउँपालिकामा ९६.५ प्रतिशत मुगु मकारमारोङ गाउँपालिकामा ९५ प्रतिशत र खत्याड गाउँपालिकामा ९६ प्रतिशत नागरिक साक्षर रहेको तथ्यांक छ ।

साक्षर हुन तोकिएका सूचकहरु पूरा भएपछि साक्षर जिल्ला घोषणा गरिएको हो ।

कर्णाली प्रदेशका सामाजिक विकासमन्त्री घनश्याम भण्डारी, जिल्ला समन्वय समितिका प्रमुख मन्जन बहादुर कार्की, छायांनाथ रारा नगरपालिकाका नगर प्रमुख विष्णु कुमार भाम लगायत पालिका प्रमुखहरुले सामुहिक प्रतिबद्धतासहितको हस्ताक्षर ब्यानारमा हस्ताक्षर गर्दै मुगु जिल्लालाई  साक्षर घोषणा गरेका छन् ।

तोकिएका १२ सूचकहरुमध्ये ५० प्रतिशत सूचक पूरा भए साक्षर पालिका घोषणा गर्न मिल्ने प्रावधान अनुसार छायाँनाथ रारा नगरपालिकालाई गत असोज २ गते खत्याड गाउँपालिका र मुगुमकामारोङ्ग गाउँपालिकालाई असोज ४ गते र सोरुमा गाउँपालिकालाई असोज ५ गते गरी चार वटै स्थानीय तह साक्षर घोषणापछि सोमबार मुगु जिल्लालाई नै साक्षर जिल्ला घोषणा गरिएको हो ।

नेपालको जनगणना २०७८ अनुसार मुगुमा कुल जनसंख्या ६४ हजार ५ सय ४९ जना रहेको छ । जसमा मुगुमा ९५ प्रतिशत नागरिक साक्षर रहेको जनाईएको छ  ।

हस्ताक्षर गर्न सक्ने, सामान्य लेखपढ गर्न सक्ने, मोबाइल तथा क्याल्कुलेटर चलाउन सक्ने, आफ्नो भावनाहरु व्यक्त गर्न सक्ने जस्ता १२ सूचकहरु पूरा भएपछि पालिका तथा  जिल्लालाई  साक्षर घोषणा गर्ने नीति अनुरुप मुगु जिल्लाको साक्षरता सुचक ५० प्रतिशत भन्दा माथी पूरा भएकाले  साक्षर जिल्ला घोषण गरिएको जिल्ला समन्वय समिति मुगुका प्रमुख मन्जन बहादुर कार्कीले बताए ।

उनका अनुसार गत भाद्र ३० गते जिल्ला सभाको बन्द सत्रमा पालिका हुँदै जिल्लालाई साक्षर जिल्ला घोषण गरिने निर्णय बमोजिम मुगु जिल्ला साक्षर जिल्ला घोषणा गरीएको समन्वय प्रमुख कार्कीले बताए ।

हिजो गाँउ घरमा प्रदेशबाट आफन्तहरुले पठाएको चिठी पढनका लागि गाउँ गाउँमा पढेको मान्छे खोज्दै हिडनु पर्ने अवस्था थियो । तर अहिले त्यो अवस्था छैन, महिला दिदी बहिनीहरु कोही साक्षर थिएनन, कतै बजार तिर जाँदा सामानहरुको मूल्य अनुसार नगद दिन सक्ने साक्षर थिएनन आज सबै जान्न सक्ने भएका छन नेपाल शिक्षक महासङ्ग मुगुका अध्यक्ष विष्णुमाया भामले भने ।

छायाँनाथ रारा नगरपालिकाका नगर प्रमुख विष्णु कुमार भामले छायाँनाथ रारा नगरपालिका जिल्लाकै पहिलो साक्षर पालिका बनाउन सफल भएको बताएका छन । घोषणाले मात्र नभई छायाँनाथ रारा नगरपालिकामा ५ वटा सामुदायिक सिकाई केन्द्र स्थापाना भएका छन । त्यसै अनुरुप अध्ययनका क्रियाकलाप अगाडी बढाई छायाँनाथ रारा नगरपालिकाका लाई सत प्रतिशत साक्षर बनाउने योजनामा रहेको नगर प्रमुख भामले बताए ।

संघीयता बारे तथ्य बाहिर गएर अफवाह फैलाइएको छ ।

वास्तवमा देश संघियतामा गएदेखी गाउँ गाउमा विकासको लहर छाएको छ ।

जनताहरुले गलत कार्यको स्वतन्त्रपुर्वक विरोध गर्न पाएका छन, दुर्गम गरिब निमुखा जनताका छोरा छोरीले राज्यको राजनैतिक र प्रशासनिक नेतृत्व गर्न पाएका छन् ।

जिल्ला अस्पतालमा एमजिडिपी अभाव छ प्रदेश सरकारले एमजिडिपी चिकित्सक खोजी रहेको छ तर पाउन सकेको छैन भएका एमजिडिपी चिकित्सकहरु दुर्गममा आउन चाँहदैनन सुगमनै रोज्छन । दुर्गम जिल्लाको स्वास्थ्य, शिक्षाका विभिन्न क्षेत्रको गुणात्मक सुधारका लागि आफुले कर्णाली प्रदेश सरकारमा उपलब्धिमुलक कार्यमा ध्यान दिने सामाजिक विकास मन्त्री घनश्याम भण्डारीले प्रतिबद्धता व्यक्त गरे ।

देशका अझै १२ जिल्ला साक्षर  जिल्ला घोषणा हुन बाँकी छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *