बागमती प्रदेशका मुख्यमन्त्री लामाले बोलाए सर्वदलीय बैठक

Thankot Times

थानकोट ।

बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले सर्वदलीय बैठक आह्वान गरेका छन् ।

प्रदेशसभा सञ्चालन गर्ने उद्देश्य अनुरूप मुख्यमन्त्री लामाले प्रदेशसभा बैठक आह्वान गरेका हुन् ।

मुख्यमन्त्री लामाले आइतबार बिहान ८ बजेका लागि बैठक बोलाएका हुन् । बैठक मुख्यमन्त्री लामाको सरकारी निवासमा बस्नेछ । आइतबार दिउँसो १ बजेका लागि बोलाइएको बैठकमा प्रतिपक्ष दलले अवरोध गर्ने सङ्केत दिएपछि मुख्यमन्त्री लामाले सर्वदलीय बैठक बोलाएका हुन् ।

प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रले शनिबार दिउँसो बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा विगतको सहमति र हालको अवस्था तथा सरकारका गतिविधि उपर उचित धारणा सरकारको प्राप्त नभएसम्म संसद् बैठक चल्न नसक्ने बताएको थियो ।

सो लगत्तै मुख्यमन्त्री लामाले सर्वदलीय बैठक आह्वान गरेको सत्तापक्षका मुख्य सचेतक गोविन्द लम्सालले बताए । मुख्यमन्त्री लामाले दलका नेताहरूलाई छलफलका लागि बोलाएको उनको भनाई छ ।

उक्त छलफलको सहमति पछि प्रदेशसभा बैठक सञ्चालन हुने उनले विश्वास व्यक्त गरे ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ