नागढुंगा-नौबिसे-मलेखु-मुग्लिन सडक असोज १७ भित्र मर्मत गरिसक्नुपर्ने

Thankot Times

थानकोट ।

नागढुंगा-नौबिसे-मलेखु-मुग्लिन सडक निर्माणलाई गति दिन ६ बुँदे सहमति भएको छ।

शुक्रबार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा भएको सर्वपक्षीय छलफलमा उक्त सहमति भएको हो।

आयोजनामा देखिएका विभिन्न समस्या समाधान गरी निर्माणलाई गति दिन तीनै तहका सरकार, निर्माण व्यवसायी तथा सम्बद्ध पक्ष सहमत भएका छन्।

मन्त्री देवेन्द्र दाहालको अगुवाइमा भएको छलफलमा उक्त सडक क्षेत्रका सरोकारवाला समेत रहेका कृषि तथा पशुपन्छी मन्त्री रामनाथ अधिकारी, प्रतिनिधि सभा सदस्य राजेन्द्र पाण्डे, बागमती प्रदेशका पूर्वमुख्य मन्त्री सालिकराम जमरकट्टेल, बागमती प्रदेशका मन्त्री मदुकुमार श्रेष्ठलगायत विभिन्न पालिकाका प्रमुख तथा प्रतिनिधिको सहभागिता रहेको थियो।

निर्माण कम्पनीका प्रतिनिधि, कन्सल्ट्यान्टलगायतको छलफलले सडक निर्माणमा देखिएका समस्या समाधान गरी निर्माणलाई गति दिने सहमति भएको हो।

के छ सहमतिमा ?


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ