चन्द्रागिरि नगरपालिका वडा नं. १० आज बालश्रम मुक्त वडा घोषणा हुँदै

Thankot Times

थानकोट ।

चन्द्रागिरि नगरपालिका- १० सतुङ्गल आज बालश्रममुक्त वडा घोषणा हुने क्रममा रहेको छ । 

आज शनिबार सो वडालाई बालश्रममुक्त वडा घोषणा गर्ने कार्यक्रम तय भएको वडाध्यक्ष शिवकुमार महर्जनले जानकारी दिनुभयो । 

बालबालिकालाई श्रममा लगाउँदा उनीहरूको मौलिक हनन् हुने भएकाले अब आइन्दा कसैले पनि बालबालिकालाई श्रमजन्य काममा लगाउन नपाइने शपथ वडाका बासिन्दाले शपथ ख्वाएर वडा बालश्रम मुक्त घोषणा हुन लागेको हो ।

घोषणा सभा अघि एक र्याली निक्लने, सो र्यालीले वडा परिक्रमा गरेपछि बोसिगाउँ डबलीमा एक समारोहका बीच वडालाई बालश्रममुक्त वडा घोषणा गरिनेछ । सो क्रममा स्थानीय शैक्षिक संस्थाका शिक्षक तथा विद्यार्थीहरू, संघसंस्थाका प्रतिनिधिहरू, जनप्रतिनिधिहरू, राजनीतिक दलका प्रतिनिधिहरू तथा स्थानीय बासीहरूको उपस्थिति रहने बताइएको छ ।

चन्द्रागिरि नगरका विभिन्न ७ वटा वडा बालश्रम मुक्त वडा घोषणा भइसकेका छन् । पछिल्लोपटक गत शनिबार चन्द्रागिरि ११ सतुङ्गल बालश्रम मुक्त वडा घोषणा भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *