काठमाडौं जिल्ला नकआउट तथा लिग फुटबल: चन्द्रागिरिको कुर्दान सेमीफाइनलमा

Thankot Times

थानकोट ।

चन्द्रागिरि नगरपालिका-१५ तीनथानास्थित कुर्दान फुटबल एकेडेमी काठमाडौं जिल्ला स्तरीय नकआउट तथा लिग फुटबल प्रतियोगिताको अन्तिम चारमा प्रवेश गरेको छ ।

सानो गौचरणमा भएको क्वाटरफाइनल खेलमा कुर्दान सान्तोष फुटबल क्लबलाई पेनाल्टी सुटआउटमा स्तब्ध बनाउँदै प्रतियोगिताको अन्तिम चारमा स्थान बनाउन सफल भएको हो ।

काठमाडौं जिल्ला फुटबल संघको आयोजनामा असोज १६ गते सम्म चल्ने प्रतियोगितामा १२ टोलीको‌ सहभागिता रहेको छ ।

कुर्दानले पहिलो खेलमा त्रिशक्ति युवा क्लबलाई पेनाल्टी सुटआउटमा ३-१ ले पराजित गरेको थियो ।

कुर्दानले फाइनल प्रवेशका लागि आइतबार सेमीफाइनलमा प्रतिस्पर्धा गर्नेछ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ