नागढुङ्गा नाकाबाट समातिए चार जना युवा

Thankot Times

थानकोट ।

नागढुङ्गास्थित प्रहरी जाँच केन्द्रबाट प्रहरीले ४ जना युवालाई नियन्त्रणमा लिएको छ ।

सिराहादेखि काठमाडौंतर्फ आउँदै गरेको बा.प्र.०३ ००१ ख २७२८ नम्बरको यात्रुवाहक बसलाई प्रहरी प्रभाग नागढुङ्गाबाट खटिएको प्रहरी टोली तथा लागुऔषध नियन्त्रण ब्युरो, शाखा कार्यालय नागढुङ्गा सहितको संयुक्त टोलीले बिहीबार चेकजाँच गर्ने क्रममा उक्त बसमा सवार
सिराहा जिल्ला लाहान नगरपालिका वडा नं.१७ बस्ने २२ वर्षीय शिव शंकर ठाकुर, सोही नगरपालिका ४ बस्ने २८ को संजीव कुमार यादव र २४ वर्षीय अर्जुन कुमार यादवलाई नियन्त्रणमा लिएको हो ।

उनीहरूलाई शंका लागि चेकजाँच गर्दा लुकाई छिपाई ल्याएको अवस्थामा लागुऔषध खैरो हिरोईन जस्तो देखिने पदार्थ ३७ ग्राम फेला पारी बरामद गरी नियन्त्रणमा लिई प्रारम्भिक सोधपुछ गर्दा उक्त लागुऔषध बुझ्न संजिव कुमार यादव नाम गरेको व्यक्ति आँउछ भनि बताएपछि राति ९:४५ बजे बा २ ज ७१६५. नं. को भाडाको ट्याक्सीमा सो सामान बुझ्न थानकोट आएका संजिव कुमार यादवलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर काठमाडाैंले जनाएको छ ।

यसैगरी बिहीबार बिहान करिब ७ बजे विरगंजदेखि काठमाडौंतर्फ आउँदै गरेको बा.प्र. ०१.००६ ख ३१३९ नम्बरको यात्रुवाहक बसलाई प्रहरी प्रभाग नागढु‌ङ्गाबाट खटिएको प्रहरी टोली तथा लागुऔषध नियन्त्रण ब्युरो, शाखा कायालय नागढु‌ङ्गा सहितको संयुक्त टोलीले चेकजाँच गर्ने क्रममा उक्त बसमा सवार बिनोद धामी थारुलाई शंका लागि चेकजाँच गर्दा उनले लगाएको निलो रङको पाईन्टको भित्र लुकाई ल्याएको अवस्थामा प्रतिवन्धित लागुऔषध निट्राभेट-१० लेखिएको २० वटा पत्तामा जम्मा ५९८ ट्याब्लेट फेला परेपछि उनी पनि प्रहरी नियन्त्रणमा लिइएका छन् ।

उनीहरूमाथि प्रहरी वृत्त थानकोटबाट थप अनुसन्धान भइरहेको बताइएको छ ।

एआइ जेनेरेटट् इमेज


Leave a Reply

Your email address will not be published. Required fields are marked *