सान कलेजद्धारा विश्व वीच भलिबल च्याम्पियनसीपमा भाग लिने खेलाडीको बिदाई

Thankot Times

थानकोट ।

विश्व वीच भलिबल च्याम्पियनसीपमा भाग लिने नेपाली खेलाडी तथा अफिसियहरूको शुक्रबार एक कार्यक्रमका बीच सान कलेजले बिदाई गरेको छ ।

इरानको राजधानी तेहरानमा सेप्टेम्बर २५ देखि ३० सम्म आयोजना हुने प्रतियोगितामा नेपालबाट ६ जना खेलाडी,१ जना प्रशिक्षक, १ जना व्यवस्थापक तथा १ जना प्राविधिक व्यवस्थापक सहभागी हुँदैछन् ।

सान कलेजमा शुक्रबार बिहान आयोजित एक समारोहका बीच सो कलेजका अध्यक्ष डा. सुभाष घिमिरे तथा कलेजका प्रमुख कार्यकारी अधिकृत कर्ण बहादुर शाही लगायतले खेलाडी तथा व्यवस्थापकहरूलाई खादा लगाई शुभकामनासहित बिदाई गर्नुभएको हो ।

सो क्रममा डा. घिमिरेले नेपाली टोलीले आत्मसाथ गर्ने नतिजाका आधारमा कलेजले नगदसहित सम्मान गर्ने बताउनुभयो ।

विश्वका २० भन्दा धेरै टोलीले सहभागिता जनाउने प्रतियोगितामा नेपालबाट कल्याण भुजेल, निरज चन्द, पदम बहादुर विष्ट, रन्जित गजमेर, रामु टमटा र गणेश पार्कीले सहभागिता जनाउनेछन् ।

यस्तै टोली प्रशिक्षकमा विष्णुदत्त भट्ट, व्यवस्थापकमा शरद दर्शनधारी र प्राविधिक व्यवस्थापकमा रामकेवल मुखिया रहेका छन् ।

नेपाल कबड्डी संघको व्यवस्थापनमा सो टोली आगामी आइतबार इरान प्रस्थान गर्ने तालिका रहेको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *