आइतबारसम्म धरहरा चढ्न ‘बुकिङ फुल’

Thankot Times

थानकोट ।

शुक्रबारदेखि सर्वसाधारणका लागि खुला गरिएको काठमाडौं धरहराको टिकट असाेज ६ गते आइतबारसम्मका लागि बुक भएको छ ।

शहरी विकास तथा भवन निर्माण विभागअन्तर्गतको केन्द्रीय आयोजना कार्यान्वयन एकाइका प्रमुख कोषनाथ अधिकारीले धरहरा चढ्नका लागि आइतबारसम्मका लागि टिकट बुक भइसकेको जानकारी दिए ।

सरकारले संविधान दिवसका अवसरमा आजदेखि धरहरा अस्थायी रूपमा सञ्चालनमा ल्याउने निर्णय गरेको थियो ।

एकाइका प्रमुख अधिकारीले विसं २०७२ को भूकम्पले भत्किएको धरहरा नौ वर्षपछि खुला हुँदा पहिलो दिनमा नै सर्वसाधारणको अत्यधिक घुइँचो लागेको र सुरक्षा व्यवस्थापनमा चुनौती भएको बताए ।

उनका अनुसार अर्को व्यवस्था नभएसम्मका लागि प्रत्येक दिन छ सय जनाका लागि निःशुल्क रूपमा धरहरा चढ्ने व्यवस्था गरिएको छ ।
धरहरा चढ्नका लागि बुकिङ गर्न dharahara.gov.np वेबसाइट सञ्चालन गरिएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *