बागमती प्रदेश सरकारले पलेशालाई दियो १० लाख, प्रशिक्षक कविराज नेगी लामालाई २ लाख

Thankot Times

थानकोट ।

पेरिस पारालिम्पिक्समा ऐतिहासिक कांस्य बिजेता पलेशा गोवर्द्धन र एशियाली खेलकुदमा रजत बिजेता एरिका गुरूङलाई बागमती प्रदेश सरकारले नगदसहित सम्मान गरेको छ ।

बागमती सरकारले संविधान दिवसको अवसरमा गरेको कार्यक्रममा नेपालको लागि अहिलेसम्मकै ठूलो पदक विजेता पलेशालाई नगद १० लाख प्रदान गरी सम्मान गरिएको हो । प्रशिक्षक कविराज नेगी लामालाई २ लाख प्रदान गरिएको छ । यसैगरी एशियाली खेलकुदमा नेपाललाई रजत दिलाएकी एरिकाई ५ लाखसहित सम्मान गरिएको छ ।

एरिका एसियन च्याम्पियनसिपमा भाग लिन चीनमा रहेको कारण उनकी आमा रत्ना गुरुङले सम्मान ग्रहण गरिन् । एरिकाका प्रशिक्षक कुशल श्रेष्ठलाई एक लाखसहित सम्मान गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *