एकदिवसीयमा ५० रन र ५ विकेट लिने कान्छा खेलाडीको कीर्तिमान गुलसनको नाउँमा

Thankot Times

थानकोट ।

नेपाली क्रिकेटर गुलसन झाको नाउँमा विश्व क्रिकेटमा नयाँ कीर्तिमान बनेको छ । उनले दुई महान खेलाडी क्रिस गेल र शाहिद अफ्रिदीलाई पछि पार्दै विश्व कीर्तिमान बनाएका हुन् ।

बुधबार राति सम्पन्न आईसीसी विश्वकप लिग–२ मा गुलसनले ओमानविरुद्ध पाँच विकेट लिनुको साथै ५० माथि रन बनाउँदै ओडीआईमा कम उमेरमा यो सफलता हात पारेका हुन् ।

उनले १८ वर्ष २१४ दिनमा उक्त सफलता हात पारे ।

यसअघि सन् २००० मा पाकिस्तानका अब्दुल रजाकले २० वर्ष ५० दिनमा भारतविरुद्ध बनाएको कीर्तिमान तोडिएको हो

गुलसन लिग-२ मा एकै खेलमा ५ विकेट र ५० माथि रन बनाउने पहिलो खेलाडी पनि बनेका छन् ।

उनी ओडीआई इतिहासमा एकै खेलमा ५ विकेट र ५० माथि रन बनाउने विश्वकै २४ औं खेलाडी हुन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *