सुनचाँदीको मूल्य घट्यो
थानकोट ।
नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ ।
बिहीबार सुन तोलामा ८ सयले घटेपछि आज प्रतितोला १ लाख ५५ हजार ६ सय रुपैयाँ कायम भएको हो ।
यसअघि बुधबार सुनको मूल्य प्रतितोला १ लाख ५६ हजार ४ सय रुपैयाँ कायम भएको थियो ।
त्यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ ।
चाँदीको मूल्य तोलामा १० रुपैयाँले घटेर प्रतितोला १ हजार ८ सय ८० रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।