भोलि बिहीबार चन्द्रागिरि र कीर्तिपुर नगरका यी स्थानमा घण्टाैंसम्म विद्युत सेवा अवरुद्ध हुने

Thankot Times

थानकोट ।

नेपाल विद्युत प्राधिकरणले भोलि बिहीबार कीर्तिपुर वितरण केन्द्र अन्तर्गतका विभिन्न क्षेत्रमा केही अवधिका लागि विद्युत सेवा अवरुद्ध हुने जनाएको छ ।

केन्द्रको रोपवे फिडर अन्तर्गत पर्ने ढुङेअड्डा, मैत्री नगर क्षेत्रमा केबल हेड र जम्पर मर्मत कार्यको लागि बिहान ११ बजेबाट दिउँसो ३ः३० बजेसम्म उक्त फिडर सटडाउनमा राखि कार्य गर्नु पर्ने भएकोले सो फिडर अन्तर्गत वितरित विभिन्न स्थानहरुमा विद्युत सेवा अवरुद्ध हुने बताइएको छ ।

जसअनुसार  कीर्तिपुर रिङ्गरोड, ट्याङ्लाफाट्, मैत्री नगर्, बाघभैरब क्षेत्र लगायतका क्षेत्रहरूमा विद्युत सेवा अवरुद्ध हुने प्राधिकरणले जनाएको छ ।

साथै, कार्य निर्धारित समय अगावै सम्पन्न भएमा सो समय भन्दा अगावै लाइन सुचारु हुन सक्ने समेत प्राधिकरणको विज्ञप्तीमा उल्लेख छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *